NOVEMBER 4, को दिन हुने जापानिज भाषा परीक्षा J-cert Test को देशै भरि परिक्षा केन्द्रहरु कायम गरिएको बारे !!

यस वर्षको पाचौ J-cert Test आउने शनिबारको दिन अर्थात् (NOVEMBER 4) मा निम्नलिखित परिक्षा केन्द्रहरु र समयतालिका अनुसार परिक्षा संचालन हुने भएकोले सम्पूर्ण जापानिज भाषा स्कुलका संचालक, बिध्यार्थी र अभिभावक ज्यु हरुमा सुसुचित गराउन चाहान्छौ|

नोट: (पूर्वनिर्धारित DATE अनुसार Admit Card मा NOVEMBER 12, पछि date परिवर्तन गर्दा NOVEMBER 5, भनेर भएको भए पनि परीक्षा NOVEMBER 4, मा नै हुने जानकारी गराईन्छ)


परिक्षा सम्बन्धि समयतालिका समयतालिका निम्नानुसार रहेको छ |
सुरु हुने समय : १२:०० बजे
परीक्षार्थीले आईपुग्नुपर्ने समय : १०:४५ बजे
साथै परीक्षार्थीले परिक्षा दिन आउदा निम्नलिखित परिक्षा सम्बन्धि नियमहरु अनिबार्य रुपमा पालना गर्नु गर्नुपर्नेछ:
1. परिक्षा दिन आउदा अनिबार्य रुपमा परिक्षा प्रवेश पत्र (Admit Card) र आफ्नो परिचय खुल्ने नेपाल सरकार बाट जारि भएको कुनै पनि सक्कल प्रमाणपत्र
(Citizenship/ Passport) बोकेर आउनु पर्ने छ|
2. परिक्षाको लागि चाहिने सामाग्रीहरु जस्तै (Pencil, Eraser) आफैले ब्यबस्थापन गर्नु पर्नेछ|
3. परीक्षार्थीहरुले आफ्नो प्रवेशपत्र मा उल्लेख भएको कुराहरु ठिक भए नभएको यकिन गर्नुपर्नेछ यदि कुनै त्रुटी भेटेको खण्डमा परिक्षा गार्ड लाई जानकारी गराउनु पर्नेछ|
4. परिक्षा हलमा परिक्षार्थीको अनिबार्य फोटो लिने व्यवस्था गरिएको छ कोहि कसैको परीक्षा हल भित्र फोटो लिन छुटेमा तुरुन्तै सम्बन्धित कोठामा परिक्षा गार्डको सहयोगले
अफिसमा जानकारी गराउनु पर्नेछ, यदि जानीजानी कसैले फोटो नखिची गएको खण्डमा परिक्षाको नतिजा प्रकाशित हुने छैन|
5. विद्यार्थीले परिक्षाको नियम बिपरित अन्य कुनै पनि गतिबिधिहरु गरेको पाईएमा उक्त परिक्षार्थीको परिक्षा Cancel हुनेछ|