September 5th को परिक्षा स्थगित गरिएको बारे ।

उपरोक्त सम्बन्धमा यस बर्षको September 5th  मा हुने J-cert परिक्षा हुन्छ भनि J-cert Test Nepal को तर्फबाट मिति २०७७/०४/१५ मा सुचना जारी गरि जानकारि गराईएको मा पछिल्लो समयमा कोभिड–१९ को प्रभाव दिन–प्रनिदिन बढ्दै गएको बर्तमान अबस्थालाई मध्यनजर राख्दै हिजो मात्रै बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारी सम्मिलीत संयुक्त बैठकले भाद्र २४ गते सम्म थप निषेधाज्ञा गर्ने भनि निर्णय गरेकोमा, यसै निर्णय लाई आधार मानी J-cert Test को September 5th अर्थात भाद्र २० गते शनिवारका दिन संचालन हुन लागेको परिक्षा स्थगित गरिएको जानकारी गराउँछौ, यस्तो बिषम परिस्थीती को कारणबाट बिद्यार्थि, अभिभावक, भाषा स्कुलका संचालक, परामर्शदातृ संस्था लगायत अन्य सरोकारवाला पक्षहरुमा पर्न गएको असर प्रति क्षमाप्रार्थि छौ र वातावारण सहज भएपछी अर्को पटकको परिक्षाको लागि पछि जानकारी गराउँनेछौ ।

धन्यवाद ।