नेपालमै जिएनके टेस्ट सुरु

काठमाडौं । जापान इन्टरनेशनल ह्यूमन क्यापिटल डेभलपमेन्ट अर्गनाइजेशन द्वारा संचालित J-CERT (Certificate of Japanese as Foreign language) जापानिज ल्याग्वेज टेस्ट सेवा अबदेखि नेपालमै सुरु गरिएको छ । माउन्ट रोयल कम्पनी जापान र रोयल जापानिज ल्याग्वेज एन्ड कल्चर सेन्टर (RJLCC) ले उक्त सेवा नेपालमा संचालनका लागि अनुमती पाएका हुन । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा कार्यक्रमको आयोजना गरी जिएन टेस्ट परीक्षाको औपचारिक उद्घाटन गरिएको हो । जिएनकेको पुतलीसडकस्थित क्यापिटल अस्पतालसँगै जोडिएको छ । माउन्ट रोयल कम्पनी जापान र रोयल जापानिज ल्याग्वेज एन्ड कल्चर सेन्टर (RJLCC) ले नेपालमा संचालनको अनुमती पाएको यो परीक्षा प्रणाली नेपालमा यसअघि थिएन । जापानिज भाषा पढेर जापान जानेहरुले अन्य परीक्षा दिए पनि जिएनकेको टेस्ट भने यसपटक सुरु गरिएको RJLCC का प्रमुख कार्यकारी अधिकृत दिनेश शाही बताउँछन् ।

RJLCC ले राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रमको आयोजना गरी जिएनके टेस्ट परीक्षा प्रणालीको सुरुवात गरिएको जानकारी दिएको हो । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री एनपी साउद, JHIDO का व्यवस्थापन प्रमुख साटो र (RJLCC) का सिइओ दिनेश शाहीले संयुक्त रुपमा यो कार्यक्रमको उदघाटन गरेका हुन् । सो उदघाटन कार्यक्रममा जालसान, इक्यान लगायतका जापानसँग सम्बन्धित नेपालका कन्सल्टेन्सी र भाषा स्कूलको उल्लेख्य सहभागिता रहेको थियो ।सो अवसरमा बोल्दै प्रमुख अतिथि साउदले नेपाल र जापान बीचको सम्बन्ध धेरै पहिलेदेखि नै मैत्रीपूर्ण रहेको र यस सम्बन्धलाई थप सुदृढ गर्न आवश्यक रहेको बताए । त्यसका लागि जापान जानुपूर्व सम्बन्धित देशको भाषा संस्कृति र जीवनशैली राम्रो ज्ञान हुन जरुरी भएको बताउँदै त्यो कुरा जिएनकेले परिपूर्ती गर्ने अपेक्षाका साथ उनले सफलताको शुभकामना दिए । त्यसैगरी JHIDO का व्यवस्थापन प्रमुख Mr. Sato ले जिएनके जापान सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भइ जापानको क्याबिनेटले नियमन गर्ने संस्थाद्वारा संचालन गर्ने भएको हुँदा यो परीक्षा संख्यामा नभई गुणमा विश्वास गर्ने यसको उद्देश्य रहेको बताए । नेपालबाट जापान जान चाहने विद्यार्थीलगायत अन्य भिसामा जाने जोकोहीलाई पनि जापानिज भाषा, संस्कृति र जीवनशैलीको ज्ञान लिनुपर्ने बताउँदै जिएनकेले यसैसँग सम्बन्धित टेस्ट गर्ने भएकोले यसमा क्वालिटिसँग सम्झौता गर्न नसकिने उनले बताए । साथै उनले यो परीक्षाको स्तरीयताको विषयमा जापानको इमिग्रेसनमा समेत बुझ्न सकिने जानकारी दिए । त्यसैगरी RJLCC का सिइओ दिनेश शाहीले नेपालमा यो टेस्ट अन्य टेस्टसँगको प्रतिस्पर्धा नभई आफ्नै मौलिकता लिएर बजारमा जाने बताए । जापानिज भाषा र जापान सम्बन्धी ज्ञानको कमीलाई परिपूर्ती गर्न आफूहरुले मुख्य भूमिका खेल्ने उनको भनाई थियो । RJLCC ले विद्यार्थीहरुलाई जापानिज भाषा पढाउनुका साथै जापानकै विज्ञहरुद्वारा नेपालका जापानिज भाषा शिक्षकहरुलाई तालिम संचालन गर्ने उनले जानकारी दिए । त्यसैगरी कार्यक्रममा संघसंस्थाको प्रतिनिधित्व गर्दै जालसानका शुभद्रा राजभण्डारीले यो टेस्ट नेपालमा आउनु स्वागतयोग्य भएको र यसलाई आफूहरु सबै मिलेर प्रमोशन गर्ने धारणा व्यक्त गरिन ।

यसैबीच जिएनकेको पहिलो टेस्ट सकिएको छ । मे २७ शनिवारका दिन काठमाडौंको सिद्धार्थ बनस्थली कलेजमा पहिलो टेस्ट लिइएको हो । जसमा २ सय ७६ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षाको जापानबाटै नेपालमा आएका मिस्टर साटोले अनुगमन गरेका थिए । जिएनके भाषासँग मात्र नभई जापानको संस्कृति र जापानीहरुको जीवनशैलीमा आधारित ज्ञानको मुल्यांकन गर्ने प्रणाली हो । यो परीक्षा पास गरेर जापान जानेहरुले जापानमा काम गर्न र त्यहाँ रही दैनिक जीवन यापनका साथै अन्य व्यवसाय गर्न निकै सजिलो हुने बताइन्छ । नेपालमा लिइने अन्य टेस्टहरु केवल भाषामा मात्र सीमित हुने गरेका छन् । भाषामा मात्र सीमित भएर परीक्षा लिइने हुँदा नेपालमा पढेको मान्छे जापान पुग्दा धेरै फरक पाउँछ । त्यसको प्रभावकारिता पनि त्यति नदेखिएको जापानमा जाने नेपालीहरु बताउँछन । जापानमा जाँदा जापानको सबै संस्कृति, जीवनशैलीका बारेमा अध्ययन गरेर गएमा धेरै सहज हुने उनीहरुको अनुभव छ ।